
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार २१.४६ अंकले घटेर १८२६ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा एनआइसी एशिया लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ६.९७ प्रतिशतले बढेको छ ।
त्यसैगरी, तारागाउँ रिजेन्सी होटलको ५.४७ प्रतिशत, मायाखोला हाइड्रोपावरको ४.२५ प्रतिशत, एसियन हाइड्रोपावरको ३.७५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० कात्तिक १९ आइतवार १५:०९ मा प्रकाशित