back
NMB ad

भुक्तानी नहुँदा सडक निर्माण ठप्प   

Kumari bank ad

गलकोट (बागलुङ), १९ कात्तिक (रासस) : पाँच महिनामा रु ३० करोडको लागतमा निर्माण गर्न लागिएको सडकको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । सम्झौता अगावै सडक कालोपत्र सक्ने निर्माण व्यवसायीको अडान रहे पनि उक्त सडकको काम छ महिनादेखि ठप्प छ ।

अधिकांश सडक निर्माण ठेकेदार कम्पनीको ढिलासुस्तीले समयमै नसकिएको सन्र्दभमा यहाँको एक सडक भने सडक डिभिजन कार्यालयले रकम भुक्तानी दिन नसक्दा छ महिनादेखि ठप्प भएको हो । रकम भुक्तानी नपाउँदा ठेकेदारले काम गर्न सकेको छैन ।

ठेक्काको सम्झौता अवधिभित्रै काम सक्नेगरी थालिएको बागलुङ बजारदेखि सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडक निर्माण निर्माण व्यवसायीले रु तीन करोड भुक्तानी नपाउँदा छ महिनादेखि काम ठप्प भएको हो । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतको उक्त सडक निर्माण सुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भएको थियो ।

निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्र गर्नेगरी सडक स्तरोन्नतिलाई तीव्रता दिए पनि गत आर्थिक वर्षकै बक्यौता रकम भुक्तानी नहुँदा सडकको काम ठप्प भएको हो । सम्झौता भन्दा पहिलै सडक कालोपत्र सकिने गरी कामको प्रगती भए पनि भुक्तानी नपाउँदा निर्माण व्यवसायी असारयता काममा फर्कन सकेका छैनन् ।

बत्तीस महिनामा सक्ने काम डेढ वर्षमै सम्पन्न गर्ने लक्ष्यका साथ असारसम्म धमाधम काम गरेर आधारभूत पूर्वाधार निर्माण गरेपनि अहिले उक्त सडक निर्माण ठप्प छ । पहिरोले क्षति पु¥याएको सडकमा मर्मत गर्न डिभिजन सडक कार्यालयले अनुमति नदिएपछि काममा फर्कन नसकिएको निर्माण व्यवसायी कर्ण विल्डर्सका प्रतिनिधि सन्दिप श्रेष्ठले बताउनुभयो ।

“सडक डिभिजन कार्यालय बागलुङले गत आर्थिक वर्षमै काम गरेको बिलको रु तीन करोड भुक्तानी बाँकी छ, अहिले काममा फर्कन चाहेका छौँ तर आन्तरिक मूल्याङ्कनमा थप पूर्वाधार निर्माण गर्नसमेत नमानी इञ्जिनीयर सरुवा भएर जानुभयो,” उहाँले भन्नुभयो ।

उक्त सडकको बागलुङ नगरपालिका–३ बोक्सेदेखि वडा कार्यालयसम्मको सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्भर्ट निर्माण गर्ने र सब बेस विछ््याउने तथा घुम्ती ढलान कार्य सम्पन्न भइसकेको छ ।

बागलुङ बजारदेखि सिगानासम्मको सडक कालोपत्रका लागि कर्ण विल्र्डससँग रु ३० करोडमा सम्झौता भई २०७९ कात्तिकदेखि सडक निर्माणको काम सुरु भएको थियो । उक्त सडकको आठ किलोमिटरमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पु¥याएर कालोपत्र गर्ने स्थानमा ग्राभेल र घुम्ती सडक ढालन भइसकेको छ । डिभिजन सडक कार्यालयका इञ्जिनीयर प्रभात तिवारीका अनुसार निर्माण व्यवसायीलाई रु तीन करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेकाले निर्माण व्यवसायीलाई काममा फर्काउन नसकिएको बताउनुभयो ।

बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका २०७९ कात्तिक पहिलो साताबाट काम थालिएको थियो । बागलुङ बजारहुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साँढे दुई वर्षमा आठ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट आठ किलोमिटर सडक कालोपत्र गर्नेगरी काम थालिएको थियो ।

वि.सं.२०८० कात्तिक १९ आइतवार १५:२६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...