काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट वितरण गर्ने लाभांश घोषण गरेको हो ।
कम्पनीले प्रतिशेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०८० कात्तिक २३ बिहीवार १०:११ मा प्रकाशित