
काठमाडौं । दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया जारी एकदिवशीय विश्वकपको फाइनलमा पुगेको छ ।
बिहीबार भएको सेमिफाइनलमा अस्ट्रेलियाले २ सय १३ रनको लक्ष्य ४७.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका ट्राभिस हेडले ६२, स्टिभन स्मिथले ३०, डेभिड वार्नरले २९, जोस इङ्लिसले २८ रन जोडे।
आठौं विकेटका लागि २२ रनको साझेदारी गरेका मिचेल स्टार्क १६ र प्याट कुमिन्स १४ रनमा अविजित रहे । त्यसअघि दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाले उपाधिका लागि अब भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनल पुगेको हो । अस्ट्रेलिया प्रतियोगिताको सर्वाधिक विजेता हो ।
वि.सं.२०८० मंसिर १ शुक्रवार ०७:३८ मा प्रकाशित