back
NMB ad

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे   

Kumari bank ad

चितवन, १ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।”

छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उहाँले बताउनुभयो । यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन् । गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।

वि.सं.२०८० मंसिर १ शुक्रवार ०७:४९ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४१

काठमाडौँ । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ...

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

वि.सं.२०८१ जेठ १४ सोमवार १०:२९

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त...

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१७

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष...

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार   

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१२

संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय...