back
NMB ad

शिखर इन्स्योरेन्सले कमायो ११ करोड २४ लाख रुपैयाँ नाफा, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार इन्स्योरेन्सले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २०.६४ प्रतिशत बढेर २७ करोड ७८ लाख पुगेको छ। इन्स्योरेन्सको कमिशन आम्दानी ४.९८ प्रतिशत र लगानी तथा कर्जाबाट ३.७६ प्रतिशत घटेको छ। यस अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ९.०५ प्रतिशत र कुल खर्च १३.८९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २३ पैसा बढेर १६ रुपैयाँ ९४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १४ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ्गमा ३३ करोड रुपैयाँ र अन्य इक्विटीमा ५८ करोड ७८ लाख रुपैयाँ रहेको छ।

वि.सं.२०८० मंसिर १ शुक्रवार ११:४५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...