back

पर्यटक आगमनमा सरकारको लक्ष्य पूरा हुने सङ्केत, एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक   

Nepal Bank

काठमाडौँ, १५ मङ्सिर : सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार छ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय छ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने सङ्केत देखिएको छ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एघार महिनामा नौ लाख १८ हजार बढी पर्यटक आएका छन् । १० लाखको लक्ष्य करिब पुग्न लाग्यो ।”

पर्यटक आगमनको मुख्य स्रोतबजार छिमेकी मुलुक भारत, चीन तथा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, श्रीलङ्का, बङ्गलादेश रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आएका छन् । सो अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट ११ हजार चार सय ६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट सात हजार छ सय एक, बेलायतबाट छ हजार एक सय ३८, अष्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्याण्डबाट तीन हजार सात सय ६१, जर्मनीबाट तीन हजार पाँच सय १२, श्रीलङ्काबाट तीन हजार दुई सय २८ र फ्रान्सबाट तीन हजार दुई सय पाँचजना पर्यटक भित्रिएका छन् ।

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:०३ मा प्रकाशित

You can share this post!

दुम्कीवास–दाउन्ने सडक खण्ड: ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’   

दुम्कीवास–दाउन्ने सडक खण्ड: ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’   

वि.सं.२०८२ असार ७ शनिवार ०६:४६

मध्यविन्दु (नवलपरासी) : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसङ पराजित   

त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसङ पराजित   

वि.सं.२०८२ असार ७ शनिवार ०६:३७

काठमाडौँ :  त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल   घरेलु...

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात   

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात   

वि.सं.२०८२ असार ७ शनिवार ०६:३३

वीरगञ्ज (पर्सा) :  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना   

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार ७ शनिवार ०६:२८

काठमाडौँ   : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज ७ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईंको राशिफल ?

आज ७ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईंको राशिफल ?

वि.सं.२०८२ असार ७ शनिवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नागार्जुन नगरपालिकाका मेयर बस्नेत ९ करोड घुसकाण्डमा दोषी ठहर

नागार्जुन नगरपालिकाका मेयर बस्नेत ९ करोड घुसकाण्डमा दोषी ठहर

वि.सं.२०८२ असार ६ शुक्रवार १८:२२

काठमाडौं। नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत घुस लिएको मुद्दामा विशेष...