![सेयर बजारमा ७ अंकको गिरावट, यी तीन कम्पनीमा लायो नकरात्मक सर्किट सेयर बजारमा ७ अंकको गिरावट, यी तीन कम्पनीमा लायो नकरात्मक सर्किट](https://www.arthatantra.com/wp-content/uploads/2023/12/sss.jpg)
काठमाडौं । साताको पहिलो कारोबार अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ७.२९ अंकले घटेर १८५१ को विन्दुमा कायम हुन पुगेको हो ।
आज नेप्सेमा कारोबार भएको २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै १२ वटा उपसूचकमा राताम्मै भएको छ ।
सेयर बजारमा गिरावट आउँदा माउन्टेन इनर्जी लिमिटेड, यूनाइटेड इदी मार्दी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ६.३३ प्रतिशत, कुमारी इक्विटी फण्डको ५.८९ प्रतिशतले घटेको छ ।
वि.सं.२०८० मंसिर १७ आइतवार १५:१८ मा प्रकाशित