काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंसिर २० गते बुधबार तयारी गरिएको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन माग भन्दा ११.९५ गुणा बढी आवेदन हो।
यता, नेपाल वेयरहाउजिङको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।
जस अनुसार १ लाख ६४ हजार १२५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ४३ हजार ६३१ जनाको भने हात खाली हुनेछ । कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ।
वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३ मा प्रकाशित