
काठमाडौं । साताको दोस्रो कारोबार अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ३.४२ अंकले घटेर १८४७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ८.०६ प्रतिशतले बढेको छ ।
त्यसैगरी, एनएमबि डिबेञ्चरको ५.९८ प्रतिशत, तेह्रथुम पावरको ५.८८ प्रतिशत, मोलुङ हाइड्रोपावरको ४.९३ प्रतिशत र हिमालयन हाइड्रोपावरको ४.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० मंसिर १८ सोमवार १५:११ मा प्रकाशित