back

बीस देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’   

Kumari bank ad

जाकार्ता, २२ मङ्सिर : इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गराउनुभएको हो ।

“फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

आधिकारिकरूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिना अगाडि नै अन्तिम रूप दिने उहाँले जानकारी गराउनुभएको छ । इन्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने गर्ने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ ।

“आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ । विशेष गरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ, “युनोले भन्नुभएको छ ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार १६:३३ मा प्रकाशित

You can share this post!

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:३६

मन्थली (रामेछाप), १५ फागुनः रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध...

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:१७

तिरुवनन्तपुरम (भारत), १५ फागुन  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन्...

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...