back
NMB Ad

कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने बोर्डको चेतावनी, जारी गर्यो यस्तो सूचना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निश्चित कम्पनीको सेयर खरिदबिक्री गर्न उक्साउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ।

साथै बोडले त्यसो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानेर कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

बोर्डले शुक्रबार सूचना सार्वजनिक गर्दै विभिन्न संचार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउस् जस्ता सामाजिक सञ्जालमार्फत नेप्सेपरिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा बोर्डमा गुनासो तथा उजुरीहरु प्राप्त भएको प्रति बोर्डको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

‘धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यहोरा जानकारी गराउँदै संचार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्व रोक्न सूचित गरिन्छ’, बोर्डले भनेको छ ।

सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाईएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराउँदै विगतमा समेत यस्तो किसिमको कामकारवाही भए नभएको सम्बन्धमा बोर्डले सुक्ष्म निगरानी गरिरहेको छ र बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुन बमोजिम कारवाहि अगाडि बढाईने व्यहोरा समस्त लगानीकर्ताहरुलाई गराउदैं कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न अनुरोध गरेको छ ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार १६:४३ मा प्रकाशित

You can share this post!

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब   

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब   

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:२४

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार...

लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:१९

काठमाडौं । चीनको यिबिन सहरमा सम्पन्न काईयी अटो ग्लोबल बिजनेस...

ठूलोभर्याङमा इलेक्ट्रिक स्कूटरको नयाँ शोरूम सञ्चालन, लुयान र सारथी ब्रान्ड उपलब्ध

ठूलोभर्याङमा इलेक्ट्रिक स्कूटरको नयाँ शोरूम सञ्चालन, लुयान र सारथी ब्रान्ड उपलब्ध

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:०९

काठमाडौं : काठमाडौंको स्वयम्भू नजिकै ठूलोभर्याङमा एक नयाँ इलेक्ट्रिक स्कूटर...

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:०२

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी केवलकार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...