काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
वि.सं.२०८० मंसिर २४ आइतवार १०:२३ मा प्रकाशित