काठमाडौं । सोलार फार्म लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । सोही प्रस्ताव सहित कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभा होटल माला, लेकसाइड, पोखरामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
वि.सं.२०८० मंसिर २६ मंगलवार १२:१२ मा प्रकाशित