back
NMB ad

पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था   

Kumari bank ad

ढोरपाटन (बागलुङ), २६ मंसिर : बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाईमा पर्छ । तर यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षैदेखि सास्ती खेप्दै आएका छन् ।

बागलुङको सिङ्गो दक्षिण भेगलाई जोड्ने गरी निर्माण भएको बागलुङ–सिगाना–बरेङ सडकको ट्रयाक खुलेको एक दशक बितिसक्दा पनि स्तारोन्नति हुनुसकेको छैन । यस सडकलाई बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को गौरवको आयोजनाका रुपमा राखिएको छ । बागलुङ बजारदेखि सिगानासम्मको सडकलाई स्तरोन्नति गर्न थालिए पनि सिगानादेखि बरेङसम्मको खण्ड भने जोखिमपूर्ण छ ।

गाजाको दह सिगाना र बरेङबीचमा पर्ने हुँदा यहाँसम्म जोडिने सडक स्तरोन्नति हुन सकेको छैन । यही सडक भएर जैमिनी नगरपालिका–३ दमेक र बरेङ गाउँपालिकाका नागरिक दैनिक सदरमुकाम बागलुङ बजार आउजाउ गर्छन् । जोखिमपूर्ण सडक कै कारण गाजाको दह पुग्ने पर्यटक पनि घट्न थालेका छन् । सिगानादेखि गाजाको दहसम्मको सडक स्तरोन्नतिका लागि स्थानीयले बारम्बार माग गरे पनि सुनुवाई हुनसकेको छैन ।

बर्खामा हिलो र हिउँदमा धुलोले पर्यटकसमेत आजित बनेका छन् । दर्जनौँ हिमश्रृङ्खलाको दृश्य अवलोकन, ग्रामीण जनजीवन बुझन र उच्च पहाडको हावापानीसँग स्वादन गर्नका लागि यहाँ ओइरिने पर्यटक सडकको दुरावस्थाका कारण घट्न थालेको जैमिनी नगरपालिका–३ का प्रेमबहादुर विकको भनाइ छ ।

पहिले–पहिले दैनिक पर्यटक आउने गरे पनि अहिले निकै कम आउन थालेको उहाँको भनाइ छ । उहाँले आफूहरु दैनिक यही सडक भएर सामान किनमेल र कामकाजका लागि बजार झर्ने भन्दै सडकमा भएको धुलो र ठूलाठूला खाल्डाखुल्डीले यात्रालाई असहज बनाएको गुनासो गर्नुभयो । लामो समयसम्म पनि सडक नबन्दा गाउँमा आउने पाहुना र गाजाको दहमा आउने पर्यटक बढाउन नसकिएको विकले बताउनुभयो । नेताहरुले स्तरोन्नति गर्ने आश्वासन दिए पनि बजेट विनियोजन गरेर काम गर्न भने नसकेको उहाँको भनाइ छ ।

विकले भन्नुभयो, “यो सडक निकै साँघुरो छ, हिलो र धुलोको त झन् के कुरा गरौँ, भनिनसक्नु छ, जङगलबीच हुँदै आएको छ सडक, बर्खामा भत्किएपछि गाउँलेलेनै खनेर बनाउँछन्, सुरुमा ट्रयाक खोलेदेखि अहिलेसम्म एकपटक पनि सम्याउने, नाली निर्माण गर्ने काम भएको छैन, केही फराकिलो बनाएर नाली निर्माण ग िदिए त सहज हुन्थ्यो तर कसको ध्यान जाने ?”

बरेङ गाउँपालिका–२ का मीनबहादुर थापाले यो सडक स्तारोन्नति गर्न नसक्दा धेरैले ज्यान गुमाउनु परेको समेत सुनाउनुभयो । सडक साँघुरो भएका कारण समय–समयमा दुर्घटना हुने गरेको उहाँको भनाइ छ । बजार पुग्ने मुख्य सडक भएकाले दैनिक सयौँ मान्छे यही बाटो भएर यात्रा गर्ने थापाले बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सडक स्तरोन्नतिका लागि माग गरे पनि सुनुवाई नभएको उहाँको गुनासो छ ।

बागलुङ बजारदेखि सिगानासम्मको सडक निर्माणको जिम्मा कर्ण बिल्डर्सले धमाधम गरेको थियो । तर पछिल्लो समय भुक्तानी नपाएपछि काम रोकिएको छ । तीस महिनाको अवधि पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ । भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको हो ।

निर्माण कम्पनीका प्रमुख नविन गुरुङले गत वर्ष गरेको कामको रु साढे दुई करोड अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताउनुभयो । निर्माणका लागि सडक डिभिजन कार्यालयसँग रु २९ करोडको सम्झौता गरेको काम सुरु गरेको भन्दै हालसम्म रु साढे नौ करोडभन्दा बढीको काम गरेको उहाँको दाबी छ ।

वि.सं.२०८० मंसिर २६ मंगलवार १२:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...