back
NMB ad

भोलीदेखि प्रिमियम भाउमा हिमालयन रिको आईपीओ आउँदै, प्रतिकित्ता कति ?

Kumari bank ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमीटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निश्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि भोली मंसिर २७ गतेदेखि आईपीओ निश्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँको दरले आईपीओ निश्कासन गर्नेछ ।

कम्पनीले कुल ३ करोड कित्ता आईपीओ प्रिमियममा निश्कासन गर्न पाउने अनुमति पाएको थियो । त्यसमध्ये ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गरिसकेका छन् ।
कुल सार्वजनिक निश्कासनको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । यसरी अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म आवेदन दिनुपर्नेछ।
यसमा न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको छ ।

वि.सं.२०८० मंसिर २६ मंगलवार १२:३४ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...