back
NMB ad

छुट्ला है, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । आज मंसिर २७ गते बुधबार नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि भोली मंसिर २८ गते बिहीबार बुक क्लोज गर्ने भएका छन् । यसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नु पर्ने हुन्छ ।

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी जम्मा १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ । सोही लाभांश पारित गर्न कम्पनीले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

त्यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

वि.सं.२०८० मंसिर २७ बुधवार ०९:५५ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...