काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको आगामी पुस २७ गते १२औं साधारण सभा बोलाएको हो ।
उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ पुस १६ गतेसम्म कायम सेयरधनी मात्र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन ।
वि.सं.२०८० मंसिर २७ बुधवार ११:२२ मा प्रकाशित