काठमाडौं । बुटवल पावर कम्पनीले लाघांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २९ गते बसेको संचालक समितीको बैठकले सेयरधनीलाई गत आ.वको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
साथै कम्पनीका विभिन्न आयोजनाहरुमा लगानीका लागि प्रति सेयर १०० रुपैंयाका दरका १ करोड कित्ता सेयर प्रचलित ऐन नियम बमोजिम थप सार्वजनिक निष्काशन गर्नको लागि कम्पनीको आगामी ३१ औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
वि.सं.२०८० पुस १ आइतवार ११:१० मा प्रकाशित