काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको ८८ औं बैठकले गत वर्षको वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.७३६९ प्रतिशत नगद लाभांश गरी जम्मा १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
वि.सं.२०८० पुस २ सोमवार १०:३३ मा प्रकाशित