काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते हिमशिखर पार्टी भेन्यु चापागाँउमा बोलाएको हो ।
सभामा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव रहेको छ । यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को २०७९/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनुका साथै लेखा परीक्षकको प्रतिवेदन,नाफा नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।
वि.सं.२०८० पुस ८ आइतवार १०:२८ मा प्रकाशित