काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार २१.०३ अंकले घटेर २०८८ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ३० करोड ४३ लाख २८ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हाथवे इन्भेष्टमेन्टको २९ करोड ५० लाख ९ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सोनापुर मिनरल्सको २८ करोड १९ लाख ४५ हजार रुपैयाँ, घोराही सिमेन्टको २२ करोड ५२ लाख २२ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको १९ करोड ३ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० पुस ८ आइतवार १५:११ मा प्रकाशित