काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजावी १ सुन १९ हजार ३५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८० पुस ९ सोमवार १०:३६ मा प्रकाशित