काठमाडौं । एसियन लाइफ इन्सुरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ ।
जसमा कम्पनीको थप ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम रहेको थियो ।
अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।
वि.सं.२०८० पुस १६ सोमवार १३:४२ मा प्रकाशित