काठमाडौं । झापा इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले साधारण सभा बोलाएको हो । सभा माघ २३ गते परियोजना स्थल, शिवसताक्षी-४, बुलुचोक झापामा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।
वि.सं.२०८० माघ २ मंगलवार १८:११ मा प्रकाशित