back
NMB ad

आज ३ माघ २०८० बुधवार, यस्तो छ आजको राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा साथीको सहयोग पाइनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एकपछि अर्को अवसर आउनाले मनमा प्रसन्नता छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमीको सुझाव अनुरूप कार्य सम्पन्न पनि गर्न सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० माघ ३ बुधवार ०६:५४ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...