काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।
कम्पनीले साधारण सभाले पारित गरेको मितिले ५ वर्षसम्म पनि कुनै सेयरधनीले नलिएको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानूनी व्यवस्था भएको बताएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ देखिको नगद लाभांश एक महीनाभित्र भुक्तानी प्राप्त गर्न पनि कम्पनीले सेयरधनीलाई भनेको छ । साथै कम्पनीले अन्यथा सो अवधि पश्चात भुक्तानी हुन बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बताएको छ ।
हालसम्म नगद लाभांश लिन बाँकी सेयरधनीहरुले हितग्राही खाता नखोलेको भए हितग्राही खाता खोली भौतिक सेयरहरु अभौतिकरण गर्न पनि कम्पनीले सूचनामा मार्फत जानकारी दिएको छ।
वि.सं.२०८० माघ ५ शुक्रवार १२:४८ मा प्रकाशित