back
NMB ad

यी प्रदेशमा हिमपातको सम्भावना   

Kumari bank ad

काठमाडौँ, ५ माघ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने र तराईमा दिनभरि हुस्सु लाग्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज बिहान काठमाडौँको वायुको तापक्रम ७ डिग्री सेन्डीग्रेड मापन गरिएको तथा पारदर्शिता दुई हजार पाँच सय मिटर रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री रहेको छ भने आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेन्डीग्रेडको बीचमा रहने मौसमविद् अधिकारीलले बताउनुभयो ।

यसैगरी आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वि.सं.२०८० माघ ५ शुक्रवार १२:३३ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...