back
NMB Ad

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने   

काठमाडौँ, १० माघ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताउनुभयो । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताउनुभयो ।

“केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेका छौँ”, मन्त्री ज्वालाले भन्नुभयो, “अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, सङ्घमा राखेर हुँदैन भन्ने निष्कार्ष निकालेका थियौँ ।” यसलाई अझ प्रभावकारी र भरपर्दो बनाउने गृहकार्यमा मन्त्रालय जुटिरहेको बताउँदै उहाँले भन्नुभयो, “हाम्रा केही सीमा छन् । ती सीमालाई सम्मान गर्दै हामीले केही राम्रा कार्यहरु गरेका छौँ । रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरेका छौँ । सवारी लाइसेन्समा भएको घोटाला बाहिरा ल्याएका छौँ ।”

मन्त्री ज्वालाले करिब २९ हजार नक्कली लाइसेन्स खारेज भइसकेको जानकारी दिँदै छापिएका करिब एक लाख नक्कली लाइसेन्स रद्द गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नक्कली लाइसेन्सको घोटालामा केहीको संलग्नता देखिएकाका थप अनुसन्धान गरिने बताउनुभयो ।

वि.सं.२०८० माघ १० बुधवार १४:१५ मा प्रकाशित

You can share this post!

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...

सानिमा बैकद्वारा गोरखामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

सानिमा बैकद्वारा गोरखामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

वि.सं.२०८१ चैत १३ बुधवार १०:३३

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

विन नेपाल लघुवित्तको एफपीओ निष्कासन : चैत २१ देखि आवेदन खुल्दै

विन नेपाल लघुवित्तको एफपीओ निष्कासन : चैत २१ देखि आवेदन खुल्दै

वि.सं.२०८१ चैत १३ बुधवार १०:२५

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत...

नेपाल आँखा उपचारको केन्द्र : भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न आउँछन्

नेपाल आँखा उपचारको केन्द्र : भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न आउँछन्

वि.सं.२०८१ चैत १३ बुधवार १०:१९

काठमाडौँ : भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि...