काठमाडौं। नेपाल टेलिकम(एनटीसी) को सञ्चालकमा मनिषजंग जोशी निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट जोशी निर्विरोध निर्वाचित भएका हुन् । नव निर्वाचित जोशीले माघ ५ गते गोपनियता तथा इमान्दारीताको शपथ लिएका छन् ।
वि.सं.२०८० माघ १० बुधवार १४:२० मा प्रकाशित