काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १०.२५ अंकले घटेर २०८८ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड १५ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १३ करोड ५ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन अरुण काबेली पावरको १३ करोड ५५ लाख २५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड १० लाख १८ हजार रुपैयाँ र अपी पावर कम्पनीको १० करोड ८४ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० माघ १० बुधवार १५:०६ मा प्रकाशित