काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेपसेले सिटिजन हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८.६३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६०७ रुपैंया ५७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार ६६० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० माघ ११ बिहीवार १५:५४ मा प्रकाशित