back
NMB Ad

सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट   

Royal Enfield Inside Page Banner

सियोल, १७ माघ : दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ । स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले बुधबार जनाएको छ ।

सन् २०२३ मा सामसुङको परिचालन मुनाफा ८४.९प्रतिशतले घटेर ६.५७ ट्रिलियन पुगेको छ ।
पछिल्लो समयमा विश्वव्यापी वित्तीय सङ्कटले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ ।

राजस्व १४.३ प्रतिशतले घटेर २५८.९४ ट्रिलियन ओन तथा शुद्ध आय ७२.२ प्रतिशतले घटेर १५.४९ ट्रिलियन ओन पुगेको छ ।

अक्टोबर–डिसेम्बरको तीन महिनामा मात्रै परिचालन मुनाफा ३४.४ प्रतिशतले घटेर २.८२ ट्रिलियन ओन पुगेको छ ।

चौथो त्रैमासिकमा राजस्व ३.८ प्रतिशतले घटेर ६७.७८ ट्रिलियन ओन र शुद्ध आय ७३.४ प्रतिशतले घटेर ६.३४ ट्रिलियन ओन पुगेको छ ।

सामसुङको चिप बनाउने व्यवसायले चौथो क्वाटरमा २१.६९ ट्रिलियन ओनको राजस्वमा परिचालन घाटा २.१८ ट्रिलियन ओन रेकर्ड गरेको छ ।

चौथो क्वाटरको मेमोरी चिप्स व्यवसायले अघिल्लो त्रौमसिकको तुलनामा मोबाइल उपकरण र चिप्सको बलियो मागसँगै उत्पादन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विस्तारित लगानीका कारण सर्भरको मागमा सुधार देखाएको कम्पनीले जनाएको छ ।

एलएसआईले चौथो त्रैमासिकमा आविस्कारसम्बन्धी आम्दानीमा सुधार देखाएको छ । तर विश्वव्यापी आर्थिक सुधारमा ढिलाइका कारण धातुजन्य समानको आम्दानीमा गिरावट आएको छ ।

सामसुङको डिस्प्ले प्यानल युनिटले अक्टोबर–डिसेम्बरमा ९.६६ ट्रिलियन ओनको राजस्वमा २.०१ ट्रिलियन ओनको परिचालन मुनाफा भएको बताएको छ ।

मोबाइल डिस्प्ले व्यवसायले अघिल्लो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा राम्रो प्रदर्शन देखाएको छ । स्मार्ट फोनको माग अलि बढी थियो, ठूलो प्यानल व्यवसायले वर्षको अन्त्यसम्ममा मौसमी टिभीको मागका कारण घाटामा केही कम भएको छ ।

सामसुङको मोबाइल र नेटवर्क डिभिजनले २५.०४ ट्रिलियन ओनको राजस्वमा २.७३ ट्रिलियन ओनको परिचालन मुनाफा दर्ता गरेको छ ।

कम्पनीले ग्यालेक्सी एस २४ श्रृंखलामा ग्यालेक्सी एआईलाई एकीकृत गरेर एआई स्मार्टफोन बजारको नेतृत्व गर्ने लक्ष्य राखेको बताएको छ ।

सामसुङको टिभी र डिजिटल उपकरण युनिटले त्रैमासिकमा १४.२६ ट्रिलियन ओनको राजस्वमा ५० बिलियन ओनको परिचालन घाटा दर्ता गरेको छ ।

प्रमुख बजारहरूमा उपभोक्ताको भावना बिग्रिएको कारण समग्र टिभीको माग वार्षिक आधारमा कमजोर भएको छ । तीव्र प्रतिस्पर्धाको बीचमा लागत बढेको सामसुङले उल्लेख गरेको छ ।

सन् २०२३ मा सामसुङको कूल पूँजीगत खर्च ५३.१ ट्रिलियन ओन थियो जसमा ४८.४ ट्रिलियन ओन सेमिकन्डक्टर युनिटमा २.४ ट्रिलियन ओन डिस्प्ले प्यानल डिभिजनमा खर्च गरिएको थियो ।

वि.सं.२०८० माघ १७ बुधवार १५:३८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने तयारी 

सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने तयारी 

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१७

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा...

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१२

काठमाडौं । यही २०२५ को जनवरी २० मा भारतको राजधानी...

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च, सबैभन्दा धेरै घाटा भारतसँग   

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च, सबैभन्दा धेरै घाटा भारतसँग   

वि.सं.२०८१ माघ ८ मंगलवार १८:०४

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ८ मंगलवार १८:००

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब...

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु

वि.सं.२०८१ माघ ८ मंगलवार १७:५५

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म...

अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन

अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन

वि.सं.२०८१ माघ ८ मंगलवार १७:४४

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक...