back
NMB ad

सरकारले एनआइसियुका छुट्याइएको बजेट ५० प्रतिशत अपुग : अध्ययन 

Kumari bank ad

काठमाडौँ, २२ माघ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा सरकारले नवजात शिशु सघन कक्ष (एनआइसियु)का लागि छुट्याउने रकम ५० प्रतिशतभन्दा बढीले अपुग हुने देखिएको छ ।

परिषद्ले उपत्यकाभित्र र बाहिरका विभिन्न अस्पतालमा पुगी गत वैशाखदेखि असोजसम्म गरेएको अध्ययनमा प्रतिबिरामी रु १० हजारभन्दा बढी खर्च अपुग देखिएको हो । सरकारले हाल एनआइसियूमा उपचार गराउने प्रत्येक बिरामीको उपचारका लागि औसतमा रु आठ हजार उपलब्ध गराउँदै आएको छ ।

एनआइसियु छ दिन उपचार गर्दा औसतमा प्रतिविरामी रु १८ हजार चार सय ९० खर्च हुने र अपुग रु १० हजार चार सय ९० अपुग अस्पतालले नै बेहोर्दै आएको अध्ययनमा देखिएको छ ।

अनुसन्धानकर्ता उत्तम दवाडीले अध्ययनमा उक्त खर्च बाहेक बिरामीको व्यक्तिगत रुपमा थप औसत रु २९ हजार चार सय ८५ खर्च हुने गरेको देखिएको छ ।

यसरी एनआइसियूमा छ दिन उपचार गर्दा रु ४७ हजार नौ सय ७५ खर्च हुने गरेको देखिएको छ । बिरामी गर्ने व्यक्तिगत खर्च औषधिमा रु १५ हजार ८३ र अस्पताल आवतजावत र बिरामी भेटन आउने व्यक्तिको समयबापतका औसतमा रु सात हजार तीन ८५ खर्च हुने देखिएको अनुसन्धानकर्ता दवाडीले बताउनुभयो । बिरामीले आफ्नो व्यक्तिगत खर्चमा सबैभन्दा बढी शय्या, औषधि र प्रयोगशालामा खर्च गर्ने गरेका छन् । अस्पतालको खर्च भने सबैभन्दा बढी मानव संशाधनमा हुने गरेको पाइएको छ ।

परिषद्ले उपत्यका बाहिर कैलालीको सेती प्रादेशिक अस्पताल र चितवनस्थित भरतपुर अस्पताल र उपत्यकाभित्रका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, ह्याम्स अस्पताल, अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा एनआइसियुमा उपचार गरिरहेका बिरामीको आर्थिक लागतको अध्ययन गरेको थियो ।

अध्ययनमा उपत्यकाभित्रका अस्पतालमा भने लागत झनै बढी भएको पाइएको थियो । उपत्यकाभित्र एनआइसियुमा एउटा बिरामीको उपचारमा व्यक्तिगत खर्च औसत रु ३९ हजार दुई हजार ५० र अस्पतालको खर्च औसत रु ३३ हजार २९ हुने गरेको छ ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले परिषद्ले गरेको अध्ययन अनुसन्धान सरकारलाई सुझावका रुपमा बुझाउने गरिएको बताउनुभयो ।

वि.सं.२०८० माघ २२ सोमवार १६:४२ मा प्रकाशित

You can share this post!

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

वि.सं.२०८१ जेठ २ बुधवार १७:१७

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा...

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

वि.सं.२०८१ जेठ २ बुधवार १७:०१

काठमाडौँ, २ जेठ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका...