back
NMB ad

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९० प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार इन्स्योरेन्सले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७.१३ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी समीक्षा अवधिमा १०.७१ प्रतिशत बढेको छ भने कुल खर्च ९.७० प्रतिशत बढेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ ४२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२।८६ गुणा रहेको छ।

हाल इन्स्योरेन्सको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस छ । इन्स्योरेन्सको शेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित रहेको छ।

वि.सं.२०८० माघ २४ बुधवार १०:०९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...