काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य बढोत्तरी आएको छ । उक्त दिन बजार ५.७० अंकले बढेर २०९६ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ५९ लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको चन्द्रगिरी हिल्सको ८ करोड ५९ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन अपी पावर कम्पनीको ७ करोड ३२ लाख ९५ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड ९७ लाख १८ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ करोड ९५ लाख ४९ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० माघ २५ बिहीवार १५:०४ मा प्रकाशित