back
NMB ad

बुक विल्डिङ विधिबाट आइपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ मिल्स, सर्वसाधारणले आइपीओ भर्न ४१ हजार ४० रुपैयाँ जम्मा गर्नुपर्ने

Kumari bank ad

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको हो ।

कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले ११ लाख ५५ हजार ९६० कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । यसआधारमा कम्पनीले कुल ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको आइपीओ जारी गर्नेछ ।

कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्ताहरुलाई बोलपत्र आह्वान गरेको थियो । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ कायम भएको थियो । उक्त मूल्यमा १० प्रतिशत रकम घटाएर सर्वसाधारणलाई आइपीओ बिक्री गर्नुपर्ने व्यवस्था रहेका कारण कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँमा आइपीओ जारी गर्न अनुमति मागेको हो ।

बुक विल्डिङ विधिबाट जारी हुने आइपीओमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने व्यवस्था रहेको छ । तसर्थ, रिलायन्स स्पिनिङको आइपीओ भर्न सर्वसाधारणले न्यूनतम ४१ हजार ४० रुपैयाँ जम्मा गर्नुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

वि.सं.२०८० माघ २९ सोमवार १७:३२ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...