काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि बैशाखको २६ गतेसम्म हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाएको छ ।
वि.सं.२०८० फागुन ५ शनिवार ०८:३७ मा प्रकाशित