back
NMB ad

महामन्त्री थापाको प्रस्ताव : मतदातालाई रूखमा भोट हाल्ने वातावरण बनाऔँ   

Kumari bank ad

ललितपुर, ९ फागुन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सार्नुभएको छ ।

पार्टीको गोदावरीमा सोमबारदेखि जारी महासमिति बैठकमा मङ्गलबार साङ्गठनिक प्रस्ताव पेश गर्दै उहाँले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सार्नुभएको हो । “यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनमा आफ्नै तागतले एक्लै लड्ने सङ्कल्प गर्नुपर्छ,”– उहाँले भन्नुभयो ।

महामन्त्री थापाले आगामी निर्वाचनमा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्नमा मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्गठनलाई थप चलायमान र ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुनःस्थापित गर्नुपर्ने बताउनुभयो ।

महासमिति बैठकमा ३८ पृष्ठको साङ्गठनिक प्रस्ताव गर्नुभएका महामन्त्री थापाले विगतमा पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्नेमा कांग्रेस सचेत रहेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मूलमन्त्र बनाएर जनतालाई निरन्तर उनीहरूका मुद्दासँग जोडिएको अनुभूत गराउने र अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउने सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।

महामन्त्रीले कांग्रेसको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व लिँदै उच्च आत्मविश्वासका साथ यसको रक्षा र कार्यान्वयन गर्ने, समुन्नत नेपाल ः सम्मानित नेपाली निर्माणको ध्येयमा सिङ्गो पार्टीलाई एकताबद्ध गर्दै हरेक तहमा, हरेक क्षेत्रमा क्रियाशील बनाउने सङ्कल्प पार्टीले गर्नैपर्छ भन्नुभयो ।

यसैगरी, जनता र समुदायका विषय र चासोलाई विशेष प्राथमिकतामा राख्दै पार्टीमा बहस, संवाद, प्रशिक्षण, छलफलका माध्यमबाट पार्टीलाई विचारको केन्द्र बनाउने, सबै किसिमका भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने, पार्टीलाई सामाजिक रुपान्तरणको संवाहक बनाउनुपर्ने महामन्त्रीले दोहो¥याउनुभयो ।

वि.सं.२०८० फागुन ९ बुधवार ११:४४ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...