back
NMB Ad
Ncell Banner Ad

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले बिभिन्न खेलकूद कार्यक्रमको आयोजना गर्दै खेलकूद सप्ताह सम्पन्न गरेको हो ।

नेपाली खेलकूदमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थितिमा स्कुलले वार्षीक कार्यतालिका अनुसार कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका खेलाडीहरुले बास्केटबल, फुट्सल, कराँते लगायतका खेल कौशल प्रस्तुत गरेका थिए ।

बास्केटबल प्रतियोगिता चालिरहँदा राष्ट्रिय महिला टिमका खेलाडीहरु गिरासा सिलवाल र मिना गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै, फुट्सल प्रतियोगिता चलिरहँदा नेपाली राष्ट्रिय टिमका पूर्व मिडफिल्डर भोला सिलवाल उपस्थित भएका थिए ।

उपस्थित पाहुनाहरुले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै पुरस्कृत गरेका थिए । साथै, खेलाडीहरुलाई उप्रेरित गर्ने मन्तब्य समेत दिएका थिए ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै स्कुलका प्रिन्सिपल सुभद्रा श्रेष्ठले खेलप्रेमी विद्यार्थीहरुलाई स्कुलले उपयुक्त वातावरण दिनुपर्ने मान्यता राख्दै आफूहरु अघि बढिरहेको बताइन् । गुणस्तरिय शिक्षासँगै स्कुलले अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिइरहने प्रतिज्ञा गरिन् ।

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री   

मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री   

वि.सं.२०८१ असोज २९ मंगलवार ०७:१४

म्याग्दी : यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     

वि.सं.२०८१ असोज २९ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध   

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध   

वि.सं.२०८१ असोज २९ मंगलवार ०६:१०

काठमाडौँ, २९ असोजः देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको...

आज २९ आश्विन २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज २९ आश्विन २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असोज २९ मंगलवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३९

काठमाडौँ, २८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३६

सिबी अधिकारी काठमाडौँ, २८ असोजः मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित...