back
NMB Ad

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

Royal Enfield Inside Page Banner

काठमाडौँ, १५ फागुन: नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राख्नुभएको छ ।

बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भन्नुभयो, “अधिकांश स्थायी समिति सदस्यले राष्ट्रियसभाको ठूलो दलको हैसियतले अध्यक्ष छाड्नुहुन्न भन्ने धारणा राख्नुभएको छ ।” यही फागुन २० गतेदेखि राष्ट्रियसभा अध्यक्षको पद रिक्त हुँदैछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयमा समेत नेताहरुले धारणा राख्नुभएको उहाँको भनाइ छ । माओवादी केन्द्रले आजको बैठकबाट नेताहरुको कार्यविभाजन गर्ने बताएको थियो । त्यसबारेमा भने कुनै निर्णय हुनसकेन । कार्य विभाजनका विभिन्न विकल्पबारे छलफल भएको छ । यद्यपि निर्णय भने बुधबार बस्ने बैठकले गर्ने छ ।

यस्तै, आगामी चैत १ गतेदेखि तराई–मधेशमा सञ्चालन गर्न लागिएको अभियानका अलावा पार्टीका अन्य योजनाबारे पनि छलफल भए पनि अन्तिम निर्णय भने आज नभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठक, सो बैठकमा पारित भएका प्रतिवेदन र व्यक्त विचारबारे समेत छलफल भएको थियो । बैठक बुधबार बिहान पुनः बस्नेछ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यसूची छ । बैठक आज नै समापन गर्ने तयारी गरिएको भए पनि प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारण भोलिका लागि सारिएको बताइएको छ ।

वि.सं.२०८० फागुन १५ मंगलवार १४:२५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

वि.सं.२०८१ माघ ९ बुधवार १६:२७

काठमाडौँ : आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ माघ ९ बुधवार १६:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १६:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार थप दुई कम्पनीको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ ९ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ ९ बुधवार १५:०५

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...

मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक, पुँजी कोष ५२ अर्ब ४  करोड   

मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक, पुँजी कोष ५२ अर्ब ४ करोड   

वि.सं.२०८१ माघ ९ बुधवार १४:३७

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा...