back
NMB ad

मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डमा बत्तीस किमी कालोपत्र   

Kumari bank ad

तनहुँ, १८ फागुन : मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ ।

उक्त सडकअन्तर्गत चार लेनको १२ किमि र दुई लेनको आठ किमी सडक कालोपत्र गरिएको आयोजनाले जनाएको छ । पहिलो चरणमा छ सेन्टिमिटरको सडक कालोपत्र गरिएको छ । सडक फाइनल गर्ने समयमा चार सेन्टिमिटर थप गरी कूल दश सेन्टिमिटरको सडक कालोपत्र बनाइनेछ । अहिले व्यास–१ को तालघरे र बन्दीपुर–१ स्थित डुम्रे आसपास क्षेत्रमा कालोपत्र कार्यका लागि बेस बिच्छाउने काम भइरहेको छ ।

पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दूरी रहेको छ । हालसम्म यस खण्डमा ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर बिष्णु पाण्डेले जानकारी दिनुभयो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वौशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण कार्य स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । त्यसैगरी, पश्चिम सडकखण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किलोमिटर दूरी कालोपत्र गरिएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा र शुक्लागण्डकी–२ हलेदी खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ ।

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुई काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिनुभयो ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलदेखि विजयपुर पुल, कोत्रेपुलबाट गगनगाँैडा र गगनगौँडाबाट दुलेगौँडातर्फ काम भइरहेको छ । उक्त सडक खण्डका दायाँबायाँका विद्युत् पोल हटाएर सडक विस्तार भइरहेको उहाँले बताउनुभयो ।

जिल्लाको म्याग्देको जामुनेदेखि पोखरासम्मको खण्डमा करिब दुई हजार चारसय विद्युत् पोल हटाउनुपर्नेमा करिब ५० प्रतिशत हटाइसकिएको छ । तीन महिनाअघि आठ प्रतिशत काम भएको यस सडक खण्डमा अहिले १७ दशमलव पाँच प्रतिशत प्रगति भएको छ ।

वि.सं.२०८० फागुन १८ शुक्रवार ११:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...