back
NMB ad

यस्ता छन्, सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय   

Kumari bank ad

काठमाडौँ : सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । यसअघि मधेसमा हरिशङ्कर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा रहनुभएको थियो ।

त्यसैगरी सरकारले मन्त्रिपरिषद्का समितिहरु गठन गरी समितिको समन्वय गर्न संयोजक तोकेको छ । राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसङ्ख्यामन्त्रीलाई तोकिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री शर्माले भन्नुभयो, “राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले उठाएको उम्मेदवारलाई विजयी बनाउने गठबन्धन दलका पार्टीहरु सहमत भएका छन्, सहकार्य गर्ने बेला नै माओवादी केन्द्रलाई राष्ट्रियसभाको अध्यक्ष दिने भन्ने निर्णय भएको थियो, त्यसअनुसार नै माओवादी केन्द्रले उम्मेदवार अगाडि सारेको छ ।”

वि.सं.२०८० फागुन २९ मंगलवार ०७:०१ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...