back
NMB ad

फरवार्ड माइक्रोफाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दावी बीमा रकम

Kumari bank ad
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई हालसम्मकै ठूलाे बीमा रकम प्रदान गरेकाे छ । फरवार्ड माइक्राेफाइनान्सले सर्लाहीकी एक ग्राहक सदस्यकाे दुर्घटनामा मृत्यु भएपछि उसकाे परिवारलाई कर्जा बीमा बापत  १५ लाख ७५ हजार  भुक्तानी गरेकाे हाे ।

इश्वरपुर नगरपालिका वडा नं. १४ की बिन्द्रदेवी धामीले २०७९ साल चैत्र ७ गते फरवार्ड माइक्रोफाइनान्सबाट ७ लाख रुपैंया कर्जा लिएकी थिइन् । उनले नियमित कर्जा किस्ता रकम बुझाउँदै गएकी थिइन् । ६ लाख ६५ हजार २ सय ६७ रुपैंया किस्ता बुझाउन बाँकी रहँदै उनको दुर्घटनामा निधन भएपछि फरवार्डले उनले तिर्ने रकम मिनाहा गरिदिएको जनाएको छ । साथै बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत नौ लाख नौ हजार सात सय ३२ रुपैंया प्रदान गरेको छ ।

बिन्द्रदेवीले कुल १५ लाख ७५ हजारको बीमा रकम प्राप्त गरेकी छन् । उनलाई २२५ प्रतिशत बीमा बापतको रकम भुक्तानी गरिएको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ । फरवार्ड माईक्रोफाइनान्सले एक कार्यक्रम नै गरी इश्वरपुर नगरपालिका प्रमुख मनोज कुमार आचार्यबाट बिन्द्रदेवीका श्रीमान राजबीर धामीलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

सो क्रममा बोल्दै इश्वरपुर नगरपालिका प्रमुख आचार्यले बैंक तथा बित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अङ्ग भएको बताउँदै परिवारको जीवनस्तर उकास्न र समाज बिकास गर्न ठुलो मद्दत गर्ने बताए । आचार्यले लघुबित्त बित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने, बैंक तथा बित्तीय संस्थाले जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताको पेशा, व्यापार व्यवसाय बिकास गर्ने जिकीर गरे ।

उनले ब्यतिmगत स्वार्थ पुर्ति गर्नका लागि केही उच्छृङ्कखल ब्यक्ति र समुहले सोझासिधा जनतालाई लिएको कर्जा तिर्न पर्दैन भन्दै उकास्ने, भड्काउने गरेकोमा त्यसको विरोध गरे । लघुबित्त बित्तीय संस्था जनताको बचत र बैकको कर्जाबाट चल्ने भएकाले कसैले कर्जा मिनाहा हुन्छ भन्ने भ्रम फैलाउँदैमा विस्वास नगर्न पनि आग्रह गरे । साथै, आम्दानीको कुनै स्रोत नभएका र एक छाक खानपनि धौधौ भएका, थोरै मात्र कर्जा बाँकी रहेका ऋणीहरुलाई बित्तीय संस्थाहरुले सक्दो सहयोग गर्नुपर्ने धारणा पनि राखे ।

कार्यक्रममा बोल्दै फरवार्डका सञ्चालक सदस्य प्रा.डा श्यामकिशोर महतोले समुदाय र निम्न बर्गको उत्थानका लागि फरवार्ड सदैव क्रियाशिल हुने विश्वास दिलाउँदै बित्तीय संस्था, स्थानीय समुदाय र स्थानीय सरकार बिच सहकार्य गर्न आवश्यक रहेको जनाए ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले फरवार्ड संस्थाको पृष्ठभूमी, संस्थाको परीचय र उद्देश्य बारे बोल्दै लघुवित्तले समाज र राष्ट्रको अर्थतन्त्रमा पु¥याएको योगदान बारे चर्चा गरे । उनले इन्द्रवतीलाई दिइएको बीमा रकम हालसम्मकै ठूलो बीमा सुबिधा भएको जानकारी दिए ।

वि.सं.२०८० चैत २७ मंगलवार १५:२७ मा प्रकाशित

You can share this post!

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...