काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार पनि छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ वैशाख ५ बुधवार ११:१९ मा प्रकाशित