back
NMB ad

ज्योति विकास बैंकको नाफा घट्यो, यस्तो छ वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा २४.४० प्रतिशत कम हो । गत आवको चैतसम्म यस बैंकले २० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढे पनि नाफा घटेको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोडबाट बढेर ८३ करोड २ लाख पुगेको छ। हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

यसको जगेडा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ जम्मा छ । बैंकको वितरणयोग्य नाफा भने २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा ४.९७ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा पुगेको छ ।

वि.सं.२०८१ वैशाख ५ बुधवार ११:३१ मा प्रकाशित

You can share this post!

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...