back
NMB ad

आजदेखि २९ गतेसम्म सेयर लगानीकर्ता रिले अनसन बस्दै, राष्ट्र बैंकले पुरा गर्ला माग ?

Kumari bank ad

काठमाडौं । सेयर लगानीकर्ताले आज (बुधबार) देखि २९ गतेसम्म माइतिघर मण्डलामा दैनिक २ घन्टा रिले अनसन बस्ने भएका छन् । पुँजी बजार सुधार सङ्घर्ष समितीले आजदेखि माइतीघरमा ३ देखी ५ बजेसम्म रिले अनसन बस्न लागेको लागेको जनाएको छ ।

पछिल्लो समय सुरु भएको आन्दोलनको नेतृत्वकर्ता दिपेन्द्र अग्रवालका अनुसार बुधबार दिउँसो ३ देखी ५ बजेसम्म मण्डलामा रिलेअनसन हुने छ । पहिलो चरणमा भदौ २९ गतेसम्म रिले अनसन गर्ने उहाँको भनाई छ ।

उक्त अवधिमा राष्ट्र बैंक समक्ष बुझाएका १८ बुँदे माग पुरा नगरेको खण्डमा २९ गतेपछि आमरण अनसन बस्ने तयारीमा संघर्ष समिति रहेको छ । त्यसको लागि भने स्थान तय भएको छैन । समितिले सोमबार नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाललाई १८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै सेयर धितोमा कर्जा लिन पाउने गरेको व्यवस्थापछि लगानीकर्ता त्यसको विरोध गर्दै आन्दोलित बनेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति आएको तीन महिना नभइ आफ्नो निर्देशन परिवर्तन नहुने दाबी गर्दै आएको छ । यसले गर्दा लगानीकर्ताको माग पुरा हुने वा नहुनेमा भने अन्योल नै रहेको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १०:२७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...