back
NMB ad

लगानी गर्न आउनेले कुनै समस्या भोग्न नपरोस, लागतसँगै समय पनि घटाउनुपर्छः मन्त्री शर्मा

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानी गर्न आउने विदेशी लगानीकर्तालाई कुनै पनि समस्या भोग्न नपर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

लगानी बोर्डको १० औं बार्षिकोत्सव कार्यक्रममा यस्तो बताउनु भएको हो । मन्त्री शर्माले नेपालमा लगानीको वातावरण बनिरहेको र लगानीकर्ताले उठाएको समस्या समाधान गर्न सरकारको ध्यान जाने तथा सोही अनुसारको ऐन नियम बनाउने प्रतिबद्धता जनाउनुभयो ।

नेपालमा लगानी गर्न लगानीकर्ताको आकर्षण निकै बढेको भन्दै उहाँले लगानी भित्र्याउने ढोका बोर्ड भएको भन्दै यहीबाट लगानीको विश्वास दिलाउन सक्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले जनताको अपेक्षा अनुसार लगानीको तामेल मिलाउन धेरै काम गर्न आवश्यक रहेको भन्दै यसमा आफ्नो ध्यान आकर्षण भएको स्मरण गराउनुभयो ।

लगानीकर्ताले पैसाको मात्रै नभएर समयको लगानीलाई पनि ध्यान दिने भन्दै यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । यसअघि ‘थ्रिपी’ अनुसार काम हुने गरेको भएपनि अब स्थानीय जनतालाई जोडेर लैजान आवश्यक रहेको भन्दै ‘फोर पी’ अनुसार काम गर्न आवश्यक रहेको बताउनुभयो ।

देशलाई समृद्ध बनाउन छोटो समयमा नै काम गर्नुपर्ने बताउनुभयो । यसको लागि लगानी भित्र्याउन आवश्यक रहेको उहाँको भनाई छ । देशलाई चाडो विकास गर्न विदेशी लगानी भित्र्याउने र नेपाली उद्योगीलाई उत्साहित गरिरहेको स्मरण गराउनुभयो । लगानीकर्तालाई झन्झटिलो बनाउँदा लगात बढने भएको भन्दै यसलाई सहज बनाउन आग्रह गर्नुभयो ।

वि.सं.२०७८ भदौ २३ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...