back
NMB ad

यामाहाको बाइक किन्दा १ लाख रुपैयाँ छुटदेखि १२ तोला सुन जित्ने मौका, कुनको मूल्य कति ?

Kumari bank ad

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित नयाँ अफर ल्याएको छ । यामाहा कम्पनीले ‘रेस फर दि एस’ अफर सार्वजनिक गरेको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् ।

साथै कम्पनीको मोटरसाइकलको खरिद गर्दा १२ तोलासम्म सुन उपहार जित्न सकिनेछ । ‘रेस फर दि एस’ स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउने यामाहाले जनाएको छ ।

त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहार स्वरुप पाउने कम्पनीले जनाएको छ । बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

कुनको कति पर्छ मूल्य ?

यामाहाको न्युनतम २ लाख २४ हजारदेखि ९ लाख रुपैयाँसम्मका बाइक नेपाली बजारमा उपलब्ध छन् । मूल्य मोडेल अनुसार फरकफरक रहेको कम्पनीले जनाएको छ ।

यामाहाको स्यालुटो बाइकको २ लाख २४ हजार ९ सय रुपैया, एसजेट–आरआरको २ लाख ४६ हजार ९ सय रुपैयाँ, एफजेट भीटुको २ लाख ८९ हजार ९ सय रुपैयाँ मूल्य पर्दछ ।

यस्तै, एफजेटएस भीटुको ३ लाख १४ हजार ९ सय, एफजेटएस भीथ्रीको ३ लाख ३४ हजार ९ सय, एफएजेटइआर–२५ को ४ लाख १४ हजार ९ सय, एमटी–१५ को ४ लाख ४२ हजार ९ सय, एफजेट–२५को ४ लाख ४७ हजार ९ सय, आर१५ भीथ्रीको ४ लाख ८१ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्सटीजेट १५० एफआईको भने ५ लाख ३९ हजार ९ सय रुपैयाँ मूल्य रहेको छ । यामाको सबैभन्दा बढी मूल्य पर्ने आरथ्री बाइक रहेको छ । जसको मूल्य ९ लाख २४ हजार ९ सय रुपैयाँ पदर्छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १५:०२ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...