back
NMB ad

प्रत्येक महिना १० प्रतिशत बजेट खर्च हुन्छ: अर्थमन्त्री शर्मा

Kumari bank ad

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशत बजेट खर्च गर्ने गरी संयन्त्र बनाउने बताउनु भएको छ ।

आईतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । उहाँले प्रत्येक महिना १० प्रतिशत बजेट खर्च गर्ने र त्यसको लागि निर्माण व्यवसायीले काम गर्याे कि गरेन, साईटमा डोजर चल्यो कि चलेन,प्राविधिकले काम गरेको छ कि छैन थाहा पाउने गरी संयन्त्र निर्माण गरेर अघि बढने बताउनुभयो ।

उहाँले सरकारले बजेटको आकार घटाएको भएपाि पुँजीगत खर्च बढाउने लक्ष्य लिएको बताउनुभयो । साथै राजश्वको लक्ष्य पनि बढाएको जानकारी गराउनुभयो ।

उहाँले नाम मात्रैको, योजना अनावश्यक रुपमा रहेको, जनताले प्रतिफल नपाउने प्राविधिकलाई पनि दुख हुने खेलको, स्रोत सुनुश्चिता नभको आयोजना प्रतिस्थापन विधेयक मार्फत हटाएको बताउनुभयो ।

हरेक योजनाले प्रतिफल दिनुपर्छ भन्ने चाहना रहेको उहाको भनाई छ । ऋणको भार घटाएको, पुजीगत खर्च बढाउन तिर लागेको स्मरण गराउनु भयो ।

सार्वजनिक संथानलाई आफै बाचेका र चल्न नसकेकाको बर्गिकरण गरेर काम गर्ने भएको छ । तल्लो बर्गमा रहेका जनतालाई सम्झेको, उनिहरुलाई राहत होस भनेर नगद हस्तान्तरण गर्ने कार्यक्रम ल्याएको बताउनुभयो । यो नगद नै हस्तान्तरण गर्ने नया काम भएको बताउनु भयो । यसको लागि मापदण्ड तयार भईरहेको जानकारी गराउनुभयो ।

दीर्घरोगि, घाईते अवाङगलाई सहयोग गर्नु राज्यको दायित्व हुने उहाँको भनाई छ । राज्यको लगानी रहने र बढि भन्दा बढि लाभ लपने गरि काम हुने उहाँको भनाई छ ।

सोही अवसरमा अर्थ सचिव मधु कुमार मरासिनीले राजश्व संकलन अपेक्षा अनुसार हुने बताउनभएको छ । संघियता पछि पनि साना कार्य यहाँ बाट गर्न सकिन्न भनेर धेरै साना काम केन्द्रले हेर्दा ठुलामा ध्यान नसकिने उहाँको भनाई छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार १६:०२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...